खेल क्षेत्रका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने खेलकुदमन्त्री लिम्बूको प्रतिबद्धता

राष्ट्रपाटी न्युज

बैशाख २१, २०८०

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुद क्षेत्रमा भएको अभावलाई पूरा गर्न अध्ययन अघि बढाउने बताएका छन् । बिहीबार राष्ट्रपतिसमक्ष शथ ग्रहण गरेपछि मन्त्रालयमा आएर पदबहाली गर्दै मन्त्री लिम्बूले सबै पक्षसँग खेल क्षेत्रको अभाव र समस्याका बारेमा छलफल र अध्ययन गरि यसलाई समाधान गर्दै देशको नाम आउने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री लिम्‍बूले सबैको सल्लाह र सुझावका आधारमा काम गर्ने प्रयास हुने धारणा राखे । मन्त्रालयबाट आवश्यक कानुन बनाएर यस क्षेत्रलाई पूर्ण बनाउनका लागि ध्यान केन्द्रीत गर्ने उनको भनाइ छ ।

उनले खेल क्षेत्रको साधन स्रोत र खेलाडीको सेवा सुविधालाई सम्मानजनक अवस्थामा पुराएर यस क्षेत्रलाई अघि बढाउन प्रयास गर्ने बताए ।


Published :बैशाख २१, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media