सहिद स्मारक ए डिभिजन लिगः चर्चद्वारा एनआरटी ४-१ ले पराजित

राष्ट्रपाटी न्युज

बैशाख २३, २०८०

काठमाडौं । अञ्जन विष्टको ह्याट्रिक प्रेरित चर्च ब्वाइज युनाइटेड न्युरोड टिम (एनआरटी)लाई ४–१ ले पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

च्यासल रंगशालामा भएको खेलको ४०औं मिनेटमा सुशील साहले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछाडि परेको एनआरटीले दोस्रो हाफमा थप तीन गोल खायो।

अञ्जन विष्टले ५१औं मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए। त्यसको ९ मिनेट नबित्दै अञ्जनले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

निर्धारित ९० मिनेटको खेल सकिन ६ मिनेट बाँकी रहँदा पाएको पेनाल्टीमार्फत अञ्जनले ह्याट्रिक गर्दै अग्रता ४–० मा लम्ब्याएका थिए ।

इन्जुरी समयमा दिपेश आले मगरले एनआरटीका लागि एक गोल फर्काए। जितसँगै १५ खेलबाट २७ अंक जोडेको चर्च ब्वाइज युनाइटेड लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट १७ अंक जोडेको एनआरटी १०औं स्थानमा छ ।


Published :बैशाख २३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media