काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन् ।
बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषिउपर कडा कारबाही गर्नुपर्ने बताए ।
उनले सो प्रकरणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धमिलो बनाएको बताए । उनले आरोपी एमाले सचिव टोपबहादुर रायमाझीलाई प्रहरीको सम्पर्कमा आएर अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गरे । उनले निष्पक्ष छानबिन गर्नुपर्ने र सत्ताको आडमा कसैले उन्मुक्ति पाउनु नहुने बताउनु बताए ।
उनले यस प्रकरणपछि यति, वाइडबडी, ओम्नी, ललिता निवास र क्यान्टनमेन्ट घोटाला लगायतको विषयमा पनि छानबिन गर्नुपर्ने बताए ।