फ्रेन्ड्सलाई ४-१ ले पराजित गर्दै जावलाखेल शीर्षस्थानमा

राष्ट्रपाटी न्युज

बैशाख २८, २०८०

काठमाडौं । कोटो मासोयाबीको दुई गोलप्रेरित जावलाखेल युथ क्लब सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार फ्रेन्ड्स क्लबलाई ४–१ को नतिजामा पराजित गर्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

जितसँगै जावलाखेल १७ खेलबाट ३० अंक जोडेर लिग तालिकाको शीर्षस्थानमा फर्किएको छ । समान खेलबाट १९ अंक जोडेको फ्रेन्ड्स ११औं स्थानमा छ । खेलपछिको पत्रकार सम्मेलनमा जावलाखेलका प्रशिक्षक सुनील श्रेष्ठले जावलाखेल रेलिगेसनबाट बचेको बताए ।

जितसँगै लिग तालिकाको शीर्ष स्थानमा पुगे पनि जावलाखेल नहौसिएको प्रशिक्षक श्रेष्ठको संकेत थियो । प्रतिस्पर्धासँगै छोटो समयमा धेरै खेल हुँदा खेलाडीलाई आराम नपुगेको उनको गुनासो थियो ।


Published :बैशाख २८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media