रेशमलाई आममाफी दिएको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्दा दहन (फोटो फिचर)

राष्ट्रपाटी न्युज

१६ जेष्ठ २०८०

इनरुवा । पूर्व प्रहरी कर्मचारी संगठन सुनसरीले इनरुवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्दा दहन गरेको छ ।

जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारले आम माफी दिएको भन्दै इनरुवा बस चोकमा उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

प्रहरी उच्च अधिकारी सहितको हत्यामा जन्मकैद भोगिरहेका व्यक्तिलाई माफी दिनुले प्रहरी कर्मचारी र परिवारको मान सम्मानमा चोट पुगेको पूर्वप्रहरी कर्मचारी पहल बहादुर कटवालले बताए ।

पुत्ला दहन कार्यक्रममा प्रदर्शनकारीले नेपाल सरकारको सिफारिसमा रेशम चौधरीलाई राष्ट्रपतिले आममाफी दिनु मुलुकको कानूनी राज्यप्रतिको उपहास भएको बताए । उनीहरुले सरकारप्रति जनताको विश्वास गुम्दै गएको समेत समेत बताए ।

पूर्वप्रहरी कर्मचारी संगठनको अगुवाइमा आयोजित पुत्ला दहन कार्यक्रममा स्थानीयहरुले समेत सहभागिता जनाएका थिए ।

 


Published :१६ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media