नेपालले जित्यो टी-२० क्रिकेटको उपाधि

राष्ट्रपाटी न्युज

जेष्ठ २१, २०८०

काठमाडौं । मलेसियासँगको टी-२० क्रिकेट श्रृंखलाको उपाधि नेपालले जितेको छ ।

आइतबार भएको पाँचौँ तथा अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले हराएसँगै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो । नेपालले श्रृंखला ३-२ ले जितेको हो ।

यसअघि नेपालले सन् २०२१ मा कतारविरुद्धको श्रृंखला जितेको थियो । त्यसपछि पहिलोपटक मलेसियासँगको श्रृंखला जितेको हो ।

आइतबार मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदा नै ७ विकेट गुमाएर भेट्टाएर उपाधि चुमेको हो । नेपालका लागि सीता राना मगरले ३७ बलमा ६ चौकाको मद्दतले ३४ रन जोडिन् भने रुबिना क्षेत्रीले २३ तथा अप्सरी बेगमले १५ रन बनाइन् ।

मलेसियाका लागि अइना हमिजा हसिमले सर्वाधिक २ विकेट लिइन् ।


Published :जेष्ठ २१, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media