नेदरल्यान्ड्ससँग नेपाल सात विकेटले पराजित, विश्वकपको सपना समाप्त

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको छ ।

जिम्बाब्वेको हरारेस्थित तकासिङ्घा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले ४४.३ ओभमा अल आउट हुनुअघि एक सय ६७ रनको योगफल तयार गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

जितसँगै नेदरल्यान्ड्स एक खेल अगावै छनोटको अर्को चरण तथा सुपर सिक्समा पुगेको छ । पराजित नेपालको भने अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने सपना समाप्त भएको छ ।

समूह एबाट वेस्ट इन्डिज, जिम्बाब्वे र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् । समूह बीबाट स्कटल्यान्ड, ओमान र श्रीलंका सुपर सिक्समा पुगेका छन्। सुपर सिक्सबाट शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन् ।


Published :असार ९, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media