बूढानिलकन्ठमा २२ दिने युवा लक्षित बेकरी तालिमको उद्घाटन

बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिका वडा नं १२ र कपन महिला समाज नेपालको संयुक्त संयोजनमा क्षेत्र नं ४ (ख) का प्रदेश सभा सदस्य जयराम थापाले एक समारोहका विच २२ दिने युवा लक्षित वेकरी तालिमको उद्घाटन गरेका छन् । कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि थापाले युवाहरूलाई तालिम पश्चात् दक्षताका साथ आर्थिक रूपमा सवल हुन मद्दत पुग्ने तथा नगरपालिकाले पनि यूवा परिषद माफर्त यूवामुखि कार्यक्रम गर्ने गरेको वताएका छन् ।

त्यसै गरि विषेश अतिथि एबम बूढानिलकण्ठ – १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले आफ्नो मन्तव्यको क्रममा महिलाहरूले गर्ने तालिमहरूलाई अवको दिनमा व्यवसायको रूपमा अगाडि वढाउनुपर्ने कुरा जोड दिदै निकट भविष्यमा संस्थाले संचालनमा ल्याउन लागेको वेकरि तथा खाजा पसलको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य शान्ता ढकाल, समुहका पुर्वअध्यक्षहरू, संस्थाका पदाधिकारी तथा तालिमका प्रशिक्षार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रम संस्थाकि अध्यक्ष गिता रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव पुष्पा खड्काले गरेकी थिइन् ।


Published :९ असार २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media