मदन भण्डारी फाउण्डेशन बूढानीलकण्ठले भोलि जगन्नाथ मन्दिरपार्क क्षेत्रमा वृक्षारोपण गर्ने

राष्ट्रपाटी न्युज

असार १२, २०८०

काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशन बूढानीलकण्ठ नगरकमिटीले भोलि (असार १४ गते) वृक्षारोपण कार्यक्रम गर्ने भएको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. ८ स्थित जगन्नाथ मन्दिरपार्कमा विहान ७ बजेदेखि सुरु हुने वृक्षारोपण कार्यक्रममा उल्लेख्य सहभागीताको लागि फाउण्डेशनका उपाध्यक्ष ध्रुव भट्टराईले स्थानीयवासी, पार्टी नेता, कार्यकर्ता एवम् स्वर्गीय नेता भण्डारीप्रति आस्थावान समस्त महानुभावहरुलाई अनुरोध गरेका छन् ।

वि.सं. २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रुपमा मदन भण्डारीको जन्म भएको थियोे ।

वि.संं २०५० जेष्ठ ३ गते पार्टी कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा दासढुङ्गा दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज अश्रितको निधन भएको थियो ।


Published :असार १२, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media