राजनीतिक दलका कारण विश्वविद्यालय थला परेको छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलका कारण विश्वविद्यालय थला परेको बताएका छन् ।
गिरिजाप्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सोमबार सम्बोधन गर्दै थापाले १०/१२ वर्षदेखि शिक्षाको अवस्था ओरालोतर्फ लागेको बताएका हुन् । उनले राजनीतिक भागबण्डाले विश्वविद्यालय कमजोर बन्दै गएको दाबी गरे।

उनले विद्यालयलाई उच्च प्राथमिकतामा राखेर संघीय शिक्षा शिक्षा ऐन तत्काल पारित गर्न प्रधानमन्त्री समक्ष आग्रह गरे । उनले उनले शिक्षालाई व्यवस्थित गर्ने र शिक्षा ऐनको प्रारम्भ समेत नहुँदा नभएकाले विश्वविद्यालयहरु थला परेको उल्लेख गरे। उनले राजनीतिक दलका कारण विश्वविद्यालय धरासायी बनेको बताए। उनले संघीय व्यवस्थामा मुलुक गए पनि शिक्षामा प्राथमिकता पर्न नसकेको उल्लेख गरे ।

उनले नेतृत्वको सुझबुझले नेपाल हिंसाको राजनीतिबाट बाहिर निस्किएको उल्लेख गरे। उनले यस वर्षमा पनि विद्यालय शिक्षामा बजेट कम छुट्याइएको भन्दै असन्तुष्ट व्यक्त गरे । विद्यालयमा आएको संकटलाई अझै सरकारले बुझ्न नसकेको भन्दै थापाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

थापाले प्रचण्डलाई भ्रष्टाचारको विरुद्ध कुनै पार्टी नहेरी अगाडि बढ्न आग्रह गरे ।


Published :१८ असार २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media