बूढानिलकण्ठ। बूढानिलकण्ठ नगरपालिकाले रुद्रमती सरसफाई,हरियाली प्रवर्द्वन तथा सौन्दर्यकरण अभियान २०७९/८० को प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ। सन्ततिको निम्ति सम्पदा भन्ने मूल नारा सहित संचालन गरिएको कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकासंग डिभिजन बन कार्यालय हात्तिसार काठमाडौंले सहकार्य गरेको थियो।
कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकाको २५ लाख र डिभिजन बन कार्यालयको ५० लाख गरि ७५ लाख बजेट मध्य ६० लाख चार हजार ७७० रुपैया खर्च विवरण प्रस्तुत गरिएको छ। त्यस मध्य ४१ लाख ४ हजार डिभिजन बन कार्यालय ,१६ लाख ३० हजार ७७० बूढानिलकण्ठ नगरपालिका र २ लाख ७० हजार रुद्रमती हरियाली उपभोक्ता समिति मार्फत खर्च भएको छ।
कार्यक्रम विवरण अनुसार डोजरको प्रयोगमा सबैभन्दा धेरै २९ लाख ७० हजार खर्च भएको देखिन्छ भने फोहोरमैला व्यबस्थापन,बिरुवा संरक्षण तथा व्यबस्थापन, हेरालु /सहजकर्ता परिचालन,पुरानो बांगोटिंगो बिरुवाको ठाउँमा नयाँ बिरुवा पुन रोपन , मल तथा माटो खरिद ,डसबिन तथा ट्यासबिन ब्यबस्थापन ,डोजर प्रवेश मार्ग निर्माण , लहरा झार एबम बिरुवाहरुको सफाई गर्न बाँकी पैसा खर्च भएको वितरित विवरणमा उल्लेख छ।
बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ र्याकेट पार्टी भेन्युमा आयोजना गरिएको कार्यक्रममा अभियान सफल बनाउन सहयोग पुर्याउने संघ संस्था र बिभिन्न व्याक्तिहरुलाइ खादा र प्रमाण पत्र सहित सम्मान गरिएको थियो।
कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल,विभिन्न वडाका वडाध्यक्षहरु नवराज भट्टराई, शम्भु प्रसाद भट्टराई,राजु अधिकारी , रवि खड्का ,सुमित्रा त्रिपाठी पाण्डे ,बूढानिलकण्ठ नगरपालिकाका कार्यपालिका सदस्यहरु तथा नगरसभा सदस्यहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु,पत्रकारहरु,बूढानिलकण्ठ नगरपालिकाका बिभिन्न महाशाखा तथा शाखाका प्रमुख तथा कर्मचारीहरु लगायतको उपश्थिति रहेको थियो।
बूढानिलकण्ठ नगरपालिकाका प्रवक्ता एबम अभियानका संयोजक नवराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ का अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले स्वागत मन्तव्य राखेकी थीइन भने रुद्रमती हरियाली उपभोक्ता समितिका सचिव शान्ता नाराल ,डिभिजन बन कार्यालय हात्तिसारका प्रमुख बद्रि कुमार कार्की, बूढानिलकण्ठ नगरपालिकाका प्रवक्ता एबम अभियानका संयोजक नवराज भट्टराई, नगरप्रमुख मिठाराम अधिकारीले आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रमको संचालन बूढानिलकण्ठ नगरपालिका वातावरण बिभाग प्रमुख बिनोद पाठकले गरेका थिए।