राष्ट्रपतिको उपचार खर्च दिने सरकारको निर्णय झिकाउनूः सर्वोच्च

राष्ट्रपाटी न्युज

२३ श्रावण २०८०

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चका विषयमा सचिवालयले जारी गरेको विज्ञप्ति र उपचार खर्च दिने सरकारको निर्णय झिकाउने आदेश दिएको छ ।

राष्ट्रपति पौडेलको उपचार खर्च व्यहोर्ने भनी सरकारले गरेको निर्णयको प्रमाणित प्रति झिकाउने आदेश गरेको हो ।

सर्वोच्चले साउन १४ गतेको पेसीमा भएको आदेश १० दिनपछि निवेदकलाई आज मंगलबार उपलब्ध गराएको छ।

अधिवक्ता विष्णुकुमार गिरीले राष्ट्रपति पौडेलको उपचार खर्च व्यहोर्ने सरकारको निर्णय बदरको माग गर्दै दर्ता गराएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले यस्तो आदेश गरेका हुन् । सर्वोच्च अदालतको आदेशमा भनिएको छ, ‘उपचार खर्च सम्बन्धमा राष्ट्रपति कार्यालयबाट जारी प्रेस नोट, सोही सम्बन्धमा परराष्ट मन्त्रालयको मिति २०८०/०३/१८ को पत्र, सोही मितिको सचिव स्तरीय निर्णय तथा अर्थ मन्त्रालयको च।न। ८३७ मिति २०८०र०३र११ को पत्रबाट स्वास्थ्य उपचारलागतको खर्चका लागि प्रदान गरिएको सहमतिसम्बन्धी निर्णय समेतको प्रमाणित प्रतिलिपि झिकाइ उक्त कागजातहरु प्राप्त भएपछि मिसिल संंलग्न राखी नियमानुसार गर्नू ।’


Published :२३ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media