बोल्न नदिइएको उपसभामुख रानाको गुनासो   

राष्ट्रपाटी न्युज

२४ श्रावण २०८०

काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गरेकी छन् ।

बुधवार काठमाडौंमा आयोजितएक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उप चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताइन् । उपसभामुख रानाले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ? भन्दै प्रश्न गरिन् ।

उनले आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो ? भन्दै प्रश्न समेत गरिन् । उनले अहिले प्रतिनिधि सभामा ३३ प्रतिशत महिलाले बोल्न नपाएको गुनासो गरिन् ।

उपसभामुख रानाले देशमा सुशासन नभइ कुशासन रहेको दाबी गरिन् ।


Published :२४ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media