काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खुला गर्न सुरु गरेको छ ।
दुई पक्षबीचको सहमतिपछि बुढानिलकण्ठ नगरपालिका- १० र काठमाडौं महानगरपालिका- ७ को सीमानामा पर्ने खहरेखोला खुल्ला गर्न महानगरले डोजर चलाएको हो ।
महानगरले बिहीबार नै उक्त क्षेत्रमा डोजर चलाउन खोजेको थियो । तर खोला खन्ने विषयमा बूढानीलकण्ठका जनप्रतिनिधि र स्थानीयले विरोध गरेपछि महानगरको टोली पछि हटेको थियो ।
आज दुई पालिकाका प्रतिनिधिबीच लामो छलफलपछि खोला खोल्ने सहमति भएपछि डोजर चलाएको महानगर प्रहरीले बताएको छ ।