भारतविरुद्ध नेपालको दुई सय रन पूरा

राष्ट्रपाटी न्युज

१८ भाद्र २०८०

काठमाडौं । एसिया कपमा नेपालले भारतविरुद्ध दुई सय रन पूरा गरेको छ। ४३.३ ओभरमा नेपालले दुई सय रन कटाएको हो ।

दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले ५० रनको साझेदारी गरेपछि नेपालले दुई रन बनाउन सकेको हो। यद्यपि दीपेन्द्र २९ रन बनाएर आउट भएका छन् ।

सोमपाल २७ रन र सन्दीप लामिछाने ३ रन बनाएर क्रिजमा खेलिरहेका छन्। यसअघि गुल्शन झा २३, आशिफ शेख ५८ रन, कुशल भुर्तेल ३८ रन, भीम सार्की ७ रन, रोहित पौडेल ५ रन र कुशल मल्ल २ रनमा आउट भएका थिए ।


Published :१८ भाद्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media