प्रधानमन्त्री दाहालद्वारा पदक विजेता खेलाडी सम्मानित

राष्ट्रपाटी न्युज

अशोज २४, २०८०

काठमाडौं । चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले कबड्डी र करातेमा पदक प्राप्त गर्ने खेलाडीहरुलाई बधाई तथा शुभकामना दिए ।

बुधबार पदक विजेता खेलाडीको सम्मानमा बोल्दै उनले आफूले बिदाइ गर्दा महिला सहभागिताको लागि बधाई दिएको भन्दै अहिले महिलाले नै मेडल र रेकर्ड बनाएको बताए ।

प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुको प्रोत्साहनका लागि सरकारले घोषणा गरेको रकम दिने बताए । यस्तै प्रधानमन्त्री प्रचण्डले आगामी बजेटमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राख्ने बताए ।


Published :अशोज २४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media