भारतसँग पाकिस्तान ७ विकेटले पराजित

राष्ट्रपाटी न्युज

अशोज २७, २०८०

काठमाडौं । भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ । आइसीसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत अहमदावादमा भएको खेलमा भारतले पाकिस्तानले दिएको १९२ रनको लक्ष्य पछ्याउँदै जित हासिल गरेको हो। भारतले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।

भारतका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८६ रन बनाए। ६३ बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गरेका थिए।

त्यस्तै शुभम गिल १६ र विराट कोहली १६ रन बनाएर पेभेलियन फर्किएका थिए । त्यस्तै श्रेयस लैर ५३ र केएल राहुल १९ रनमा अविजित रहे। पाकिस्तानका साहिन अफ्रिदीले २ र हसन अलीले एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४२.५ ओभरमा अलआउट हुँदै १९१ रन बनाएको थियो। पाकिस्तानका लागि कप्तान बाबर आजम सर्वाधिक ५० रन बनाएका थिए। मोहम्मद रिजवान अर्धसतक बनाउन एक रन बाँकी हुँदा पेभेलियन फर्किए भने इमामउल हक ३६ रनमा आउट भए ।

त्यस्तै अब्दुल्लाह सफिकीले २० र हसन अलीले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिरजा, हार्दिक पाण्डे, कुलदीप यादव र रविन्द्र जडेजाले दुई-दुई विकेट लिएका थिए।


Published :अशोज २७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media