त्रिकोणात्मक टी-२० क्रिकेटमा आज नेपाल र यूएई भिड्दै

राष्ट्रपाटी न्युज

कार्तिक १, २०८०

काठमाडौं । त्रिकोणात्मक टी-२० शृंखलाअन्तर्गत घरेलु टोली नेपालले बुधबार यूएईको सामना गर्दैछ। सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल यूएईसँग आज दिउँसो १ बजे मूलपानी रंगशालामा खेल्दैछ।

टीट्वेन्टी विश्वकप छनोटको तयारीका लागि नेपालले हङकङ र यूएई सम्मिलित टीट्वेन्टी शृंखला आयोजना गरेको हो। त्रिकोणात्मक टी-२० शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।

टी–२० मा नेपाल र युएईबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ । नेपाल दुई खेलमा र युएई तीन खेलमा विजयी भएको छ । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, गुल्सन झा, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ, ललितनारायण राजवंशी र मौसम ढकाल रहेका छन् ।


Published :कार्तिक १, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media