युएईद्वारा नेपाललाई १४१ रनको विजयी लक्ष्य

राष्ट्रपाटी न्युज

कार्तिक १, २०८०

काठमाडौं । युएईले नेपाललाई १४१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिकोणात्मक सिरिजअन्तर्गत मूलपानी रंगशालामा भइरहेको टी-२०आई खेलमा युएईले ७ विकेटको क्षतिमा १४० रन बनाएको हो ।

टस हारेर ब्याटिङ गरेको युएईका लागि बसिल हमिदले सर्वाधिक ५१ रन बनाए। त्यस्तै मुहम्मद वासिमले १७, आसिफ खानले १५ र अलि नसिरले ३२ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकको रन बनाउन सकेनन्।

नेपालका लागि करण केसीले ३ विकेट लिए। त्यस्तै गुल्शन झाले दुई र सोमपाल कामी र अविनाश बोहोराले एक-एक विकेट लिए ।


Published :कार्तिक १, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media