युएईमाथि नेपालको सात विकेटको जित 

राष्ट्रपाटी न्युज

कार्तिक १, २०८०

काठमाडौं । कप्तान रोहित पौडेलको अर्धशतक प्रहारसँगै नेपालले युएईलाई सात विकेटले हराएको छ ।

त्रिकोणात्मक सिरिजअन्तर्गत युएईले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै नेपाल विजयी भएको हो।

नेपालका लागि कप्तान पौडेलले ४० बलमा ५ चका प्रहार गर्दै अविजित ५१ रन बनाए भने दिपेन्द्र सिंह ऐरी ३४ रनमा अविजित रहे। २३ बल खेलेका ऐरीले ३ चौका र एक छक्का प्रहार गरेका थिए। त्यस्तै कुशल भुर्तेल १४, आसिफ शेख २३ र कुशल मल्ल ११ रनमा पेभेलियन फर्किएका थिए।

यसअघि मूलपानी रंगशालामा बुधबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो। युएईका लागि बसिल हमिदले सर्वाधिक ५१ रन बनाए। त्यस्तै मुहम्मद वासिमले १७, आसिफ खानले १५ र अलि नसिरले ३२ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेपाल लागि करण केसीले ३ विकेट लिए । त्यस्तै गुल्शन झाले दुई र सोमपाल कामी र अविनाश बोहोराले एक-एक विकेट लिए ।


Published :कार्तिक १, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media