नेपालद्वारा हङकङ ६ विकेटले पराजित

राष्ट्रपाटी न्युज

कार्तिक २, २०८०

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

बिहीबार भएको खेलमा हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो ।

टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ९४ रनमा सीमित गर्दै १३.५ ओभरमा लक्ष्य पूरा ग-यो । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए ।


Published :कार्तिक २, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media