डोटीमा बोलेरो जीप दुर्घटना हुँदा ५ जना घाइते

राष्ट्रपाटी न्युज

कार्तिक ३, २०८०

डोटी । डोटीमा जीप दुर्घटना भएको छ। खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार झिग्रानाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ५ जना घाइते भएका हुन्।

जीप दिपायल सिलगढी नगरपालिका-६ पानीखालमा दिउँसो साढे १ बजेतिर दुर्घटना भएको हो। घाइतेहरूको उद्धार गरी अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते भएका सबै सायल गाउँपालिका निवासी हुन् ।


Published :कार्तिक ३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media