हङकङलाई हराउँदै नेपाल त्रिकोणात्मक टी-२० को सेमिफाइनलमा प्रवेश

राष्ट्रपाटी न्युज

कार्तिक ४, २०८०

काठमाडौं । हङकङलाई हराउँदै नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार मुलपानीमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको हो।

नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ओभरको खेलमा ८ विकेटको क्षतिमा १३४ रनमात्र बनाउन सक्यो।

हङहङका लागि अन्सी राथले सर्वाधिक ४५ रन बनाए। त्यस्तै अइजाज खानले २५, बाबर ह्यातले २०, हरुन अर्सदले १२ र स्कटले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

नेपालका लागि करण केसी, सोमपाल कामी र ललित राजबंजीले दुई-दुई विकेट लिए। प्रतिश जिसी र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओ‌भरको खेलमा ६ विकेटको क्षतिमा २१३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। नेपालका लागि कुशल मल्लले सर्वाधिक ९२ रन बनाए। त्यस्तै दीपेन्द्र सिंह ऐरी ५७ रन बनाए। कुशलले ४१ बल खेलेर ३ चौका र ९ छक्का प्रहार गरेका थिए भने दीपेन्द्रले ६ चौका र २ छक्का प्रहार गरेका थिए।

त्यस्तै आसिफ शेखले २०, रोहित पौडेलले ११ रन बनाए।


Published :कार्तिक ४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media