जापानलाई १४४ रनले हराउँदै नेपाल यु-१९ प्रिमियर कपको फाइनलमा

राष्ट्रपाटी न्युज

कार्तिक ४, २०८०

काठमाडौं । जापानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ। मेलसियामा भइरहेको एसीसी यु-१९ प्रिमियर कपको सेमिफाइनलमा जापानलाई १४४ रनले हराउँदै नेपालले फाइनल यात्रा सुनिश्चित गरेको हो।

वर्षाले खेल प्रभावित हुनुअघि नेपालले २५ ओभरको समाप्तिमा २ विकेट गुमाएर १४० रन बनाएको थियो। तर जापान ११.५ ओभरमा अलआउट हुँदै ४३ रनमात्र बनाउन सक्यो। जापानका लागि सोतारोले १५ र केइफरले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरी अंकको रन बनाउन सकेनन्।

त्यसअघि नेपालका ओपनर दीपक बोहोराले ७९ रन बनाए भने अर्जुन कुमालले १० रन बनाए। आकाश त्रिपाठी ३५ र कप्तान देव खनाल भने ८ रनमा अविजित रहे।
यसैबीच नेपालले फाइनलमा युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। आजै भएको खेलमा युएईले सिंगापुरलाई डीएल मेथडमा १० विकेटले पराजित गरेको थियो।
यससँगै नेपाल एसिया कपमा पुगेको छ। नेपाल, युएईसहित तेस्रो हुने टिम पाकिस्तान हुने एसिया कप खेल्न पाउनेछन् ।


Published :कार्तिक ४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media