आइसीसी एक दिवसीय विश्वकपमा श्रीलंकाको पहिलो जित

राष्ट्रपाटी न्युज

कार्तिक ४, २०८०

काठमाडौं । आइसीसी एक दिवसीय विश्वकपमा श्रीलंकाले पहिलो जीत हात पारेको छ। भारतको खलनउमा भएको खेदलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो।

टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.४ ओभरमा अलआउट हुँदै २६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङ गरेको श्रीलंकाले दस बल अगावै लक्ष्य भेट्टाएको थियो।

श्रीलंकाका लागि सदीराले ९१ रनको अविजित पारी खेलेका थिए। त्यस्तै पाथुमले ५४ रन, चरिथ अशलंकाले ४४ र धनन्जयले ३० रन बनाएका थिए।

यसअघि नेदरल्यान्ड्सका लागि सीब्रान्डले सर्वाधिक ७० रन बनाएका थिए। त्यस्तै लोगन भानले ५९, कोलिनले २९ र स्कटले १५ रन बनाएका थिए।

 


Published :कार्तिक ४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media