त्रिकोणात्मक टि–२० सिरिजमा यूएईविरुद्ध नेपाल पाँच विकेटले विजयी   

राष्ट्रपाटी न्युज

कार्तिक ६, २०८०

काठमाडौं । त्रिकोणात्मक टि–२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई नेपालले पाँच विकेटले हराएको छ ।

पहिले ब्याटिङ गरेर युएईले दिएको एक सय ६५ रनको लक्ष्य पच्छ्याएको नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेट्टायो ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६४ रन बनायो ।

नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रनको योगदान गरे । कप्तान रोहित पौडेल ४७ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी १५ बलमा एक छक्का र ६ चौका प्रहार गर्दै ४० रन बनाउँदै अविजित रहे ।

रोहित ३ रनले अर्थसतकमा चुक्दा आसिफले अर्धसतकीय इनिङ खेले । आसिफ ५० बलमा २ छक्का र ६ चौकासहित ६२ रन बनाएर आउट भए ।

सुरुवाति ब्याट्समेन कुशल भुर्तेल एक, सोमपाल कामी दुई र कुशल मल्ल शून्य रनमै आउट हुँदा नेपालको स्कोर ११ मात्र थियो ।

तर, ओपनर आसिफ शेख, कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले नेपाललाइ जित तर्फ पुर्याएका थिए ।

यस अघि ब्याटिङ गरेको युएईका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५–४५ रनको योगदान दिए । त्यस्तै आसिफ खानले १८ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई/दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक/एक विकेट लिए ।


Published :कार्तिक ६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media