नेपालले जित्यो एसीसी यु-१९ प्रिमियर कपको उपाधि, युएई १९ रनले पराजित   

राष्ट्रपाटी न्युज

कार्तिक ७, २०८०

काठमाडौं । युएईलाई हराउँदै नेपालले एसीसी यु-१९ प्रिमियर कपको उपाधि जितेको छ। मलेसियामा मंगलबार भएको फाइनलमा डीएल मेथडको आधारमा युएईलाई १९ रनले पराजित गर्दै उपाधि जितेको हो।

वर्षाले खेल प्रभावित भएपछि जितका लागि १९८ रनको लक्ष्य पाएको युएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्र बनाउन सक्यो। युएईलाई अलआउट गर्न आकाश त्रिपाठीले ४ विकेट लिए।

त्यस्तै सुवास भण्डारीले ३, आकाश चन्दले दुई र हेमन्त धामीले एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेल खेल्दै २८० रन बनाएको थियो। नेपालका लागि कप्तान देव खनालले अर्धशतक प्रहार गरे। उनले ९२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै अर्जुन कुमालले ५५ रन र उत्तम राना मगरले ५७ रन बनाए।

नेपाल यसअघि फाइनल पुगेसँगै एसिया कपमा क्वालिफाइसमेत भएको छ ।


Published :कार्तिक ७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media