दोलखामा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, ३ गम्भीर

राष्ट्रपाटी न्युज

कार्तिक ७, २०८०

दोलखा । दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

विगु गाउँपालिका-२ ओराङमा बा १४ च ८९३४ नम्बरको बोलेरो दुर्घटना हुँदा सोही ठाउँका चिनिमाया तामाङ र बलिमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दोलखाको सिंगटीबाट बासपानी जाँदै गरेको बोलेरो ओराङ राईबेटारमा सोमबार बेलुका पौने ७ बजे दुर्घटना हुँदा ६ जना घाइते भएका थिए।

घाइते भएका ६ जनामध्ये तीन जनाको सिगटीमा उपचार भइरहेको  र गम्भीर घाइते तीनजनालाई थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।


Published :कार्तिक ७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media