त्रिकोणात्मक टी-२० आई सिरिजमा हङकङको जित, युएई ६१ रनले पराजित

राष्ट्रपाटी न्युज

कार्तिक ८, २०८०

काठमाडौं । हङकङले युएईलाई ६९ रनले हराएको छ। त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत बुधबार मुलपानीमा भएको खेलमा हङकङ विजयी भएको हो ।

हङकङले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको युएईले निर्धारित ‌ओभरको खेलमा ५ विकेटको क्षतिमा १४३ रनमात्र बनाउन सक्यो। युएईका लागि बसिल हमीदले अविजित ३० रन र निलन्सले अविजित ३१ रन बनाए। त्यसअघि युएईका लागि खलिद साहले सर्वाधिक ३५ रन बनाए भने अलिशान सराफुले ३० रन बनाए। त्यस्तै कप्तान मुहम्मद वाशिम १ रन, भर्जित्या अरविन्द ७ रन र असिफ खान शून्य रनमै आउट भए ।

यसअघि टस जितेर हङकङले ३ विकेटको क्षतिमा २१२ रन बनाएको थियो। हङकङका लागि मार्टिन कोइट्जीले सर्वाधिक ८६ रन बनाए। उनले ५५ बलमा १० चौका र ४ छक्का प्रहार गरे। त्यस्तै बाबर ह्यातले ६० रनमा अविजित रहे। उनले २० बलमै ५ चौका र ५ छक्का प्रहार गरे।

त्यस्तै अन्सी राथले ४१, कप्तान निजाकत खानले ९ रन बनाएर पेभेलियन फर्किँदा यसिम मुर्ताज ३ रनमा अविजित रहे।

युएई पराजित भए पनि रनरेटको आधारमा फाइनल यात्रा सुनिश्चित गरेको छ। शुक्रबार नेपाल र युएईबीच फाइनल खेल हुनेछ ।


Published :कार्तिक ८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media