बुधबार काठमाडौंमा एक हजार बढी सवारी चालक कारबाहीमा

राष्ट्रपाटी न्युज

कार्तिक ९, २०८०

काठमाडौं ।  बुधबार काठमाडौं उपत्यकामा एक हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक कार्यालय र मातहतका कार्यालयबाट खटिएको टोलीले १ हजार ९७ सवारीका चालकलाई कारबाही गरेको हो।

जसमा ओभर स्पिड चलाउने ४७१, मादक पदार्थ सेवन गरेर सवारी चलाउने १००, लेनको पालना नगर्ने २०, रेड लाइटमा सवारी चलाउने १३, जथाभाबी हर्न बजाउने १५, नम्बर प्लेट प्रष्ट नभएका ६ र अन्य ४७२ रहेका छन् ।


Published :कार्तिक ९, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media