रुकुममा प्रधानमन्त्री दाहाल

राष्ट्रपाटी न्युज

कार्तिक ९, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम पुगेका छन्। बिहीबार दिउँसो हेलिकोप्टरबाट रुकुम पुगेका प्रधानमन्त्री दाहालले रुकुम पश्चिमको बाफीकोट गाउँपालिका-६ मग्मामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गरेका छन्।

प्रधानमन्त्री दाहालले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तरगत माओवादी केन्द्र रुकुम पश्चिम बाफिकोट गाउँपालिका ६ र ७ को विस्तारित बैठकमा सहभागी भएका थिए ।

सहिद परिवार,घाइते परिवार र अगुवा कार्यकर्तासँग भेटघाट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  त्यहाँ प्रधानमन्त्रीले सहिद परिवारका वृद्ध आमाको हातबाट आशिर्वाद लिएका थिए ।

प्रधानमन्त्री  दाहालसँग माओवादी उपमहासचिव जनार्दन शर्मा र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि रुकुम पुगेका छन् । प्रधानमन्त्री दाहाल आजै काठमाडौं फर्कने कार्यक्रम छ ।


Published :कार्तिक ९, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media