आइसीसी विश्वकपमा इंग्ल्यान्डविरुद्ध श्रीलंकाको शानदार जित

राष्ट्रपाटी न्युज

कार्तिक ९, २०८०

काठमाडौं । आइसीसी एक दिवसीय विश्वकपमा इंग्ल्यान्डविरुद्ध श्रीलंकाले शानदार जित हात पारेको छ।

भारतको बैंगलुरुमा भएको खेलमा श्रीलंका ८ विकेटले विजयी भएको हो।

१५६ रनमै सीमित भएको इंग्ल्यान्डलाई श्रीलंकाले २५.४ ओभरमा दुई विकेटको क्षतिमा पराजित गर्‍यो। श्रीलंकाका कुशल परेरा ४ र कुशल मेन्डिस १ रन बनाएर आउट भए पनि पथुम र सदीराले शानदार पारी खेल्दै जित सुनिश्चित गरेका थिए।

पथुम ७७ रन र सदीरा ६५ रनमा अविजित रहे।

यसअघि टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले ३३.२ ओभरमा अलआउट हुँदै १५६ रन जोडेको थियो। इंगल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए। इंगल्यान्डलाई सस्तैमा समेट्न लहिरु कुमाराले ३ विकेट लिए भने कसुम र अंगेलोले दुई दुई विकेट लिए।

यससँगै श्रीलंका अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने इंग्ल्यान्ड ९औं स्थानमा झरेको छ ।


Published :कार्तिक ९, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media