त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको फाइनलमा आज नेपालले यूएईको सामना गर्दै

राष्ट्रपाटी न्युज

कार्तिक १०, २०८०

काठमाडौं । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा आज नेपालले यूएईसँग खेल्दैछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे सुरु हुने छ ।

नेपालले हङकङ र यूएईलाई समान २/२ खेलमा हराएको थियो। यूएई र हङकङले समान एक-एक खेल जित हात पारे पनि नेट रनरेटमा यूएईले हङकङलाई पछि पार्दै फाइनलमा स्थान बनाएको हो। सिरिजका चारै खेलमा शानदार जितसहित नेपाल यसअघिनै सिरिजको फाइनल प्रवेश गरिसकेको छ।

नेपालले पछिल्लो खेलमा यूएईलाई ५ विकेटले हराएको थियो। आईसीसी टी-२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट संघ (क्यान) ले त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो ।


Published :कार्तिक १०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media