पलेशाले कांस्य पदक जित्दै इतिहास रचिन्

राष्ट्रपाटी न्युज

कार्तिक ११, २०८०

काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी छन् । चीनको हाङचाओमा भएको एसियाली पारा खेलकुदमा पलेशाले महिला के–४४ विधाअन्तर्गत ५७  केजीमुनिको तौल समूहमा कांस्य पदक जित्दै इतिहास रचेकी हुन्।

पलेशाले एसियाली पारा खेलकुदमा जितेको कांस्य पदक उनको मात्र नभई नेपालकै लागि पनि अहिलेसम्मकै पहिलो र एक मात्र पदक हो । नेपालले एसियाली पारा खेलकुदमा पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आए पनि पदक भने जित्न सकेको थिएन। पहिलो संस्करण चीनको ग्वाङझावमा सन् २०१० मा भएको थियो। तेक्वान्दो भने यसै (चौथो) संस्करणदेखि मात्र समावेश गरिएको हो ।


Published :कार्तिक ११, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media