आइसीसी विश्वकपमा अष्ट्रेलियासँग न्युजिल्याण्ड पराजित 

राष्ट्रपाटी न्युज

कार्तिक ११, २०८०

काठमाडौं । न्युजिल्याण्ड अष्ट्रेलियासँग पराजित भएको छ । आइसीसी एक दिवसीय विश्वकपअन्तर्गत भारतको धर्मशालामा भएको खेलमा न्युजिल्याण्डले कीर्तिमानी जित निकाल्न सकेन ।

अष्ट्रेलियाले दिएको ३८९ रनको लक्ष्य भेट्टाउन नसक्दा न्युजिल्यान्ड ५ रनले पराजित भएको हो ।

न्युजिल्याण्डका लागि रचिन रविन्द्रले ११६ रनको शतकीय पारी खेले । उनले ८९ बलमा ९ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै जेम्स निसमले अर्धशतकसहित ५८ र डेरिल मिचेल ५४ रन बनाए। न्युजिल्यान्डविरुद्ध आक्रामक बलिङ गरेका अष्ट्रेलियाका अदम जम्पाले तीन विकेट लिए। जोश हज्लिउन र प्याट कुमिन्सले दुई दुई विकेट लिए भने ग्लेन म्याक्सवेलले एक विकेट लिए

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९.२ ओभरमा अलआउट हुँदै ३८८ रन बनाएको थियो। अष्ट्रेलियाका लागि ट्रेभिज हेडले शतकीय पारी खेलेका थिए। उनले ६७ बलमा १० चौका र ७ छक्कासहित १०९ रन बनाएर पेभेलियन फर्किएका थिए।

त्यस्तै डेभिड वार्नरले ८१ रन बनाए। उनले ६५ बलमा ५ चौका र ६ छक्का प्रहार गरे ।

यो जितसँगै अष्ट्रेलिया सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

अष्ट्रेलियाले दुई अंक थप्दै न्युजिल्यान्डसँग बराबर अंक बनाएको छ। यद्यपि रनरेटको आधारमा न्युजिल्यान्ड ४ जितसहित तेस्रो स्थानमा छ भने चार जितसहित अष्ट्रेलिया चौथो स्थानमा छ ।


Published :कार्तिक ११, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media