सिंगापुरबाट नेपाललाई १४६ रनको विजयी लक्ष्य

राष्ट्रपाटी न्युज

कार्तिक १३, २०८०

काठमाडौं । सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी टि – २० विश्वकप एसिया फाइनल छनोट खेलमा सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएको हो।

नेपालका लागि अविनाश बोहोराले ३ विकेट, करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले २/२ विकेट लिए। सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नेपालले टस हारेपछि फिल्डिङको निम्तो पाएको हो ।


Published :कार्तिक १३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media