सिंगापुरविरुद्ध नेपाल ८ विकेटले विजयी 

राष्ट्रपाटी न्युज

कार्तिक १३, २०८०

काठमाडौं । आइसिसी टि- २० विश्वकप एसिया फाइनल छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो। जितका लागि १४६ रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा लक्ष्य गर्‍यो।

कप्तान रोहित पौडेल र कुशल मल्ल नट आउट भए। पौडेलले २४ बलमा ३५ रन र मल्लले १ बलमा एक छक्का हानेर अविजित रहे।
कुशल भुर्तेल ४८ बलमा ७४ रन बनाएर क्याच आउट भए। आसिफ शेखले २७ बलमा २६ रन बनाएर आउट भएका थिए।

टस जितेर ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। निर्धारित २० ओभरमा सिंगापुरका लागि ओपनर रोहन रंगराजनले ३० बलमा सर्वाधिक ४६ रन बनाएका थिए।

यसैगरी आर्यवीर चौधरीले २६ बलमा ३७ रन बनाउन सफल भए। यसैगरी मनप्रित सिंहले २४ रन, अक्षय पुरी १३ रनमा नटआउट रहे। अन्य खेलाडीले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन् । नेपालका लागि अविनाश बोहोराले ३ विकेट, सन्दीप लामिछाने, करण केसी र गुल्सन झाले समान २/२ विकेट लिए ।


Published :कार्तिक १३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media