बारामा गोली प्रहारबाट घाइते प्रधानाध्यापक सर्राफको मृत्यु

राष्ट्रपाटी न्युज

कार्तिक १३, २०८०

बारा । अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका विद्यालय सञ्चालक एवं प्रधानाध्यापक गुड्डु भनिने रुपेश सर्राफको मृत्यु भएको छ । उपचारका क्रममा वीरगन्जस्थित नेपाल मेडिसिटी वयोद्धा  हस्पिटलमा मृत्यु भएको बाराका डीएसपी दधिराम न्यौपानेले पुष्टि गरे।

सर्राफ बाराको कलैया उपमहानगरपालिका- ६ मदरसा टोलस्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक हुन् ।

सोमबार दिउँसो करिब १ बजेतिर प्रधानाध्यापक सर्राफमाथि गोली प्रहार भएको थियो।

दुईवटा मोटरसाइकलमा आएका चारजना अपरिचित व्यक्तिले सर्राफमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। स्कुलबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका सर्राफमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो । उनको छाती र पेटमा दुईवटा गोली लागेको थियो।

घाइते सर्राफलाई सुरूमा कलैयाकै प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी वयोद्धा हस्पिटल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।


Published :कार्तिक १३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media