मलेसियाले नेपाललाई दियो १६६ रनको विजयी लक्ष्य

राष्ट्रपाटी न्युज

कार्तिक १४, २०८०

काठमाडौं । नेपालविरुद्ध मलेसियाले १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु मैदानमा टी-२० विश्वकपअन्तर्गत एसिया क्वालिफायर्समा निर्धारित ओभरको खेलमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको हो ।

मलेसियाका लागि साइद अजितले सर्वाधिक ६८ रन बनाए। उनले ४९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै जुबइदीले २४, सर्विभनले १३ र विजय युनीले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अकंकको रन जोड्न सकेनन्।

त्यस्तै बलिङतर्फ नेपालका लागि अविनाश बोहोराले ४ विकेट लिए। सन्दीप लामिछाने, गुल्शन झा र रोहित पौडेलेले भने एक-एक विकेट लिए।


Published :कार्तिक १४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media