आइसीसी टि-२० विश्वकपमा नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

राष्ट्रपाटी न्युज

कार्तिक १७, २०८०

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेटस (युएइ)का बिचमा प्रतिस्पर्धा हुँदैछ ।

जारी आसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो ।

सो खेल मुलपानी क्रिकेट मैदानमा  हुनेछ । खेल ठिक बिहान ११ बजे देखि सुरु हुने अायाेजकले जनाएका छन ।

केही समय देखी जारी विश्वकप छनोटको सेमिफाइनल तथा नेपालका लागि निर्णायक मानिएको खेलमा आज नेपालले यूएईसँग भिडन लागेको हो  ।

नेपाल समूह एको उप–विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ ।


Published :कार्तिक १७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media