युएईद्वारा नेपाललाई १३५ रनको लक्ष्य

राष्ट्रपाटी न्युज

कार्तिक १७, २०८०

काठमाडौं । युएईले नेपाललाई १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ। अन्तिम ओभरमा कुशल मल्ले व्रितिया अरविन्द र आयान खानको विकेट लिएपछि युएईले निर्धारित ओ‌भरको खेलमा ९ विकेटको क्षतिमा १३४ रन बनायो।

टस जितेर ब्याटिङ गरेको युएईका लागि व्रितियाले अर्धशतकसहित ६४ रन बनाए। ५१ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै कप्तान मुहम्मद वासिमले २६ रन, अलिशान सराफुले १६ रन, आसिफ खानले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

यता बलिङतर्फ कुशल मल्लले ३ विकेट लिए। त्यस्तै सन्दीप लामिछानेले २ र सोमपाल कामी र रोहित पौडेलले एक-एक विकेट लिए। टी-२० विश्वकपको एसिया क्वालिफार्यसअन्तर्गत सेमिफाइनलमा नेपाल र युएई र ओमान र बहराइनको खेल भइरहेको छ। उता टियु खेल मैदानमा बहराइनले ओमानलाई १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ।


Published :कार्तिक १७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media