बहराइनलाई १० विकेटले पराजित गर्दै ओमान टी-२० विश्वकपमा छनोट

राष्ट्रपाटी न्युज

कार्तिक १७, २०८०

काठमाडौं । बहराइनलाई हराउँदै ओमान टी-२० विश्वकपमा छनोट भएको छ। टियु क्रिकेट मैदानमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमान आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट भएको हो ।

बहराइनले दिएको १०७ रनको लक्ष्य ओमानले विना विकेट क्षति १४.१ ओभरमा पूरा गरेको थियो। ओमानका लागि कायस्प प्रजापतिले अवजिति ५७ रन र प्रतिक अथावले अविजित ४८ रन बनाएका थिए।


Published :कार्तिक १७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media