आईसीसी टी-२० विश्वकप फाइनलः ओमानलाई नेपालद्वारा १८५ रनको लक्ष्य

राष्ट्रपाटी न्युज

कार्तिक १९, २०८०

काठमाडौं । नेपालले ओमानलाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले ओमानविरुद्ध १८४ रन बनाएको हो।

टस जितेसँगै नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।  नेपालका लागि पौडेल र करण केसी अविजित रहे। पौडेलले ३७ बलमा ५२ रन बनाएका थिए। पौडेलले २ छक्का र ५ चौका प्रहार गरे। केसीले ६ बलमा २० रन बनाए। उनले २ छक्का र १ चौका प्रहार गरे।

त्यस अगाडि गुल्शल झाले २५ बलमा ५४ रन बनाएका थिए। झाले ४ छक्का र ५ चौका प्रहार गरे। संकटमा रहेको नेपाललाई उनले विष्फोटक ब्याटिङ गरेर आशा दिलाएका थिए।

त्यसैगरी कुशल भुर्तेलले २२ बलमा ३१ रन बनाए। उनले २ छक्का र ३ चौका प्रहार गरे।

सन्दीप जोरा १३ बलमा १० रन बनाएर आउट भए। अन्य खेलाडिले दोहोरो अंकको रन बनाउन सकेनन् ।

 


Published :कार्तिक १९, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media