आईसीसी टी-२० विश्वकप फाइनलः ओमान विजयी, नेपाल पराजित

राष्ट्रपाटी न्युज

कार्तिक १९, २०८०

काठमाडौं । आईसीसी टी- २० विश्वकप एसिया फाइनल छनोटको फाइनलमा ओमानसँग नेपाल पराजित भएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ओमानले सुपर ओभरमा जित निकालेको हो।

ओमानले सुपर ओभरमा २२ रनको लक्ष्य दिएकोमा नेपालले १० रन मात्र बनाउन सफल भयो। रोमाञ्चक खेलमा निर्धारित खेलमा दुवै टीमले समान १८४ रन बनाएका थिए। योसँगै ओमानले उपाधि जितेको छ।

ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो।

ओमानका लागि कश्यप प्रजापतिले सर्वाधिक ६३ रन, अकिब इलियासले ३३ रन, जिशान मकसूदले २६ रन र मोहमल नादिमले २४  जोड्न सफल भए । नेपालका लागि करण केसीले र सन्दीप लामिछानेले २/२ विकेट, अविनाश बोहरा, विवेक यादव, गुल्सन झा र सोमपाल कामीले १/१ विकेट लिएका थिए।

६ विकेटको क्षतिमा नेपालले ओमानविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए ।

नेपाल र ओमान दुवै आईसीसी टि- २० विश्वकपमा छनोट भइसकेका छन्। शुक्रबार घरेलु मैदानमा भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टीट्वेन्टी विश्वकपमा छनोट भएको हो। शुक्रबारै भएको सेमिफाइनलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमानले घरेलु टोली नेपालसँगको भिडन्त पक्का गरेको थियो ।

यस अगाडि पनि समूह ए बाट ओमान विजेता र नेपाल उपविजेता बनेको थियो। ६ विकेटको क्षतिमा नेपालले ओमानविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेसँगै नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए।

निर्धारित ओ‌भरको खेलमा पौडेल र गुल्सन झाले अर्धशतक बताए। नेपालका लागि पौडेल र करण केसी अविजित रहे। पौडेलले ३७ बलमा ५२ रन बनाएका थिए। पौडेलले २ छक्का र ५ चौका प्रहार गरे। केसीले ६ बलमा २० रन बनाए। उनले २ छक्का र १ चौका प्रहार गरे।

त्यस अगाडि गुल्शन झाले २५ बलमा ५४ रन बनाएका थिए। झाले ४ छक्का र ५ चौका प्रहार गरे। संकटमा रहेको नेपाललाई उनले विष्फोटक ब्याटिङ गरेर आशा दिलाएका थिए। त्यसैगरी कुशल भुर्तेलले २२ बलमा ३१ रन बनाए। उनले २ छक्का र ३ चौका प्रहार गरे। सन्दीप जोरा १३ बलमा १० रन बनाएर आउट भए। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।


Published :कार्तिक १९, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media