रुकुम पश्चिममा भूकम्पमा परी जिल्लाबाहिरका तीनजनाको मृत्यु

राष्ट्रपाटी न्युज

कार्तिक २०, २०८०

त्रिवेणी । रुकुम पश्चिममा भूकम्पमा परी जिल्ला बाहिरका तीनजनाको मृत्यु भएको छ  । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका मृत्यु हुनेमा बर्दियाका दुई र रोल्पाका एकजना रहेका छन् । उनका अनुसार मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क बिक र ३६ वर्षीय अनिल बिक रहेका छन ।

उनीहरुको आठविसकोट–१४ को छेपारेमा मृत्यु भएको हो । त्यस्तै रुकुम पूर्व बस्दै आएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि  भूकम्पमा परी मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।

पुनमगर पुनःनिर्माण कम्पनीको गाडी चालक थिए । रुकुम पश्चिममा भूकम्पमा परी तीन जना जिल्लाबाहिरका सहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


Published :कार्तिक २०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media