विश्वकपमा छनोट हुने राष्ट्रिय टोलीलाई ५० लाख नगद पुरस्कारबाट सम्मान गर्ने क्यानको निर्णय

राष्ट्रपाटी न्युज

कार्तिक २०, २०८०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी टी-२० विश्वकपमा छनोट हुने नेपाली राष्ट्रिय टोलीलाई ५० लाख नगद पुरस्कारबाट सम्मान गर्ने भएको छ ।

सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले हालै नेपालमा सम्पन्न प्रतियोगितामा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुने नेपाली टोलीलाई ५० लाख नगदसहित सम्मान गर्ने निर्णय गरेको सचिव पारस खड्काले जानकारी दिए।

त्यस्तै यु-१९ टोलीका सदस्यलाई जनही ५० हजारका दरले नगद पुरस्कार दिइने भएको छ ।

मलेसियामा सम्पन्न एसीसी यु-१९ प्रमियर कपको उपाधि जितेर एसिया कपमा छनोट भएको युवा टोलीलाई नगदसहित सम्मान गरिने सचिव खड्काको भनाइ छ ।

त्यस्तै हङकङमा आयोजना हुने चार देश सम्मलित महिला टी-२० आई सिरिजमा राष्ट्रिय महिला क्रिकेट टोलीको सहभागिता हुने भएको छ। सचिव खड्काका अनुसार एसिया छनोटको फाइनमा संकलित कूल रकमको ५० प्रतिशत भुकम्प पीडितको उद्धारका लागि सहयोग गर्ने निर्णयसमेत भएको छ ।

 


Published :कार्तिक २०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media