अफगानिस्तानद्वारा दक्षिण अफ्रिकालाई २४५ रनको लक्ष्य

राष्ट्रपाटी न्युज

कार्तिक २४, २०८०

काठमाडौँ । अफगानिस्तानले दक्षिण अफ्रिकालाई २४५ रनको लक्ष्य दिएको छ ।

जारी क्रिकेट विश्वकपको लिग चरणको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा अल आउट हुदै २४४ रन बनाएको हो ।

अफगानिस्तानका लागि अज्मतुल्लाह ओमारजाईले सर्बाधिक अविजित ९७ रन बनाएका थिए । त्यस्तै अफगानिस्तानका लागिनूर अहमद र रहमत शाहले २६-२६ रन बनाए भने रह्मनुल्लाह गुरबाजले २५ रन बनाएका थिए ।

त्यस्तै दक्षिण अफ्रिकाका बलर गेराल्ड कोएत्जीले सर्बाधिक ४ विकेट लिए भने लुंगी एनगिडी र केशब महाराजले २-२ विकेट लिएका थिए ।


Published :कार्तिक २४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media