बंगलादेशविरुद्ध अस्ट्रेलियाको ८ विकेटको जित

राष्ट्रपाटी न्युज

कार्तिक २५, २०८०

काठमाडौँ । अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ । बंगलादेशले दिएको ३०७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४४.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

अस्ट्रेलियाको जितमा मिचेल मार्शले १७७ रन अविजित बनाएका थिए भने स्टिभ स्मिथले अविजित ६३ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गर्दै बंगलादेशले ८ विकेट गुमाउदै ३०६ रन बनाएको थियो ।

योसँगै अस्ट्रेलियाले ९ खेलमा १४ अंकसहित तेस्रो स्थानमा रहदै सेमिफाइनल खेल्ने भएको छ । अस्ट्रेलियाले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने यसअघि नै निश्चित भएको थियो ।

त्यस्तै बंगलादेशको ९ खेलमा ४ अंक रहेको छ र अंक तालिकामा आठौँ स्थानमा रहेर विश्वकप सकेको छ ।


Published :कार्तिक २५, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media