बर्नलीविरुद्ध आर्सनलको ३-१ को जित

राष्ट्रपाटी न्युज

कार्तिक २६, २०८०

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बर्नलीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले बर्नलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा लीन्द्रो ट्रोसार्ड, विलियम सलिबा र ओलेक्जान्द्र जिन्चेकोले एक एक गोल गरेका थिए ।  त्यसैगरी यस खेलमा आर्सनलका फाबुओ भएइराले रातो कार्ड पाएका थिए । त्यस्तै बर्नलीका लागि जोश ब्राउनहिलले एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलको १२ खेलमा २७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै बर्नलीको यो हारपछि १२ खेलमा केवल ४ अंक रहेको छ र लिगमा १९औं स्थानमा छ ।


Published :कार्तिक २६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media