महिला टि-२० आईमा नेपालले आज तान्जानियासँग खेल्ने

राष्ट्रपाटी न्युज

कार्तिक २९, २०८०

काठमाडौं । नेपालले महिला टि-२० आई सिरिजमा आज तान्जानियासँग खेल्दैछ । चार देश सम्मिलित  महिला टि-२० आई सिरिजमा पहिलो खेल आज बिहान ७ :१५ मा सुरु हुँदैछ । नेपालले पहिलो पटक तान्जानियासँग खेल्न लागेको हो ।

हङकङले आयोजना गरेको सिरिजमा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया छन् । तान्जानियाविरुद्धको खेलमा पहिलो पटक इन्दु बर्माले कप्तानी गर्दैछिन् । सिरिज खेल्नु अगाडि क्यानले रुविना क्षेत्रीलाई खेलाडीको रुपमा मात्र समावेश गरेर बर्मालाई कप्तानको जिम्मेवारी दिएको हो।


Published :कार्तिक २९, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media